ताजा खबर राजनीति News

प्रचण्ड चिनिया राजदूत भेट

प्रचण्ड चिनिया राजदूत भेट

Prachad

काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ राजदुत वु चुन्ताईबीच आज भेटवार्ता भएको छ । भेटका लागि राजदूत चुन्ताई प्रचण्ड निवास लाजिम्पाटमा नै पुगेका थिए । भेटका क्रममा प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे जानकारी गराउँदै केही दिनभित्रै आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका थिए ।

आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडि बढाउने उनले विश्वास दिलाए । अहिलेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि(सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको उनको भनाइ थियो।

अबको सरकारले चीनसँग भएका सम्झौता कार्यान्वयन गर्दै नयाँ सहमतिका साथ अघि बढ्ने प्रचण्डले बताएका थिए । राजदूत चुन्ताईले भने प्रचण्ड नेतृत्वको सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे ।

Prachanda Puspakamal Dahal

विशेष