ताजा खबर देश News

सप्तरीको स्थिती सामान्यः प्रमुख जिल्ला अधिकारी

सप्तरीको स्थिती सामान्यः प्रमुख जिल्ला अधिकारी

Baldev gautam

काठमाडौं, साउन १४ । बाढी रोक्न सप्तरीको दशगजा क्षेत्रमा भारतिय पक्षले पुस्तौदेखि बाँध बाँधेका थिए । जसका कारण वर्षेनी नेपालको भुमीहरु डुबानमै थिए । दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले बनाएको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडप भयो । बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलाग्दा नेपालीहरु घाईते भए । सप्तरीमा शुक्रबारको स्थिती कस्तो रहेको छ त ? सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नेपाल आजलाई यसरी बताएका छन ।

‘सप्तरीमा अहिलेको अवस्था सामान्य रहेको छ । हिजो दुई पक्ष बिच झडप भयो, झडपमा घाईते भएकाहरुलाई सगरमाथा अञ्चल अवस्थामा उपचार भईरहेको छ ।’ गौतमले ‘नेपाली पक्षले बाँध भत्काउदा भारतमा क्षती भयो, झडपको कारण नै त्यही हो । खासमा त्यो बाँध भत्काएको ठाउ खोलो हिड्ने ठाउ हैन । त्यहाबाट पानी खोल्दा झडप भएको हो ।’ कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले ‘अहिले बाँध निमार्णको काम बन्द भएको छ । भारतिय पक्षले खोलो थुन्नु पर्छ भनेको छ । हाम्रा जनताहरु सुरक्षित नै छन् । कसैले आक्रमण गर्छ, गर्देछ भन्नु हल्ला मात्र हो ।’

Saptari

विशेष