विदेश

भारतमा भवन भत्किँदा ८ को मृत्यु

भारतमा भवन भत्किँदा ८ को मृत्यु
bharat साउन – १४ । पश्चिम भारतमा शुक्रबार एउटा भवन भत्किदाँ ८ जना मजदुरको मृत्यु भएको छ । ग्राउण्ड फ्लोरमा काम गरिरहेको बेला माथिल्लो तला खसेर ति मजदुरहरु च्यापिइ मृत्यु भएको भारतीय मिडियाहरु बताएका छन् । घटना महाराष्ट्र राज्यको पुनेमा भएको बताइन्छ । उक्त स्थान मुम्बईबाट १६० कि.मि. टाढा रहेको छ । भारतमा घरको माग बढी भएकाले नियम तोडेर निर्माण गरिने प्रवृति रहेको छ । क्षमताभन्दा बढीको निमार्ण, गुणस्तरहिन सामानको प्रयोगका कारण भारतमा यस्ता घटना सामान्य जस्तै भइरहेको बताइन्छ । योभन्दा अगाडि सन् २०१३ मा महाराष्ट्रमा ८ तले भवन भत्किदा ७४ जनाले ज्यान गुमाएका थिए ।

Durghatana India

विशेष