देश News

सप्तरीकाे दशगजा क्षेत्रमा झडप हुने स्थिती

सप्तरीकाे  दशगजा क्षेत्रमा झडप हुने स्थिती
saptari baadhसाउन – १४ । सप्तरीकाे दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले बनाएको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडप भयो । बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलाग्दा नेपालीहरु घाईते भए । सप्तरीको तिलाठीमा बाँधको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीचको तनाव शुक्रबार पनि उस्तै रहेको छ । सुरक्षा अधिकारीहरुका अनुसार दुई पक्षबीच विवाद मिलाउन प्रयास जारी रहे पनि सहमति हुन सकेको छैन । नेपाली पक्षले दशगजा क्षेत्रमा कुनै पनि हालतमा बाँध बाँध्न नदिने बताएपछि त्यहाँ थप झडपको सम्भावना रहेको बताइएको छ । अहिले पनि सीमा क्षेत्रमा बाक्लो संख्यामा दुवै क्षेत्रका नागरिकहरू रहेका छन् । उनीहरूलाई आ–आफ्ना देशका प्रहरीहरुले छेकिरहेका छन ।

Dhasgaja Saptari

विशेष