
साउन - १४ । माेरङको बाहुनी–८ स्थित चिसाङ खोलामा डुबेर शुक्रबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।
खोलामा नुहाउन पसेकी बाहुनी–८ बस्ने रामप्रसाद निरौलाकी १३ वर्षीया छोरी निता निरौला र सोही ठाउँका प्रजापति खनालकी १२ वर्षीया छोरी सावित्रा खनालको आज दिउँसो १ः३० बजे डुबेर मृत्यु भएको हो।
दुवैको शव आज दिउँसो खोलामा डुबेको अवस्थामा उनीहरुका अभिभावकले भेटेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको इप्रका बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। रासस
Morang