News

पूर्वराज्यमन्त्री स्व खेवाको अन्त्येष्टि

पूर्वराज्यमन्त्री स्व खेवाको अन्त्येष्टि

Hariraj-Khewa

साउन - १४ । बस दुर्घटनामा परी दिवङ्गत पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवाको आज अन्त्येष्टि गरिएको छ । खेवाको पार्थिव शरीरलाई सशस्त्र प्रहरी बलले शोक सलामी अर्पण गर्दै धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्येष्टि गरिएको हो । यात्रुबस दुर्घटनामा निधन भएका खेवाको धनकुटा बजारमा शवयात्रा समेत गरिएको थियो । खेवाको पार्थिव शरीरलाई नेपाल प्रहरीको गाडीमा राखेर धनकुटा बजारको परिक्रमा गराइएको थियो । शवयात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीयवासीलगायत सयाैँको सङ्ख्यामा सर्वसाधारणको उपस्थिति थियो । धनकुटाको सिधुवाबजार नजिक बिहीबार मध्याह्न भएको यात्रुबाहक बस दुर्घटनामा नेकपा(माओवादी केन्द्र)का नेता खेवाको निधन भएको थियो । रासस

Dhankuta Hariraj Khewa road accident

विशेष