News

तिलाठी बासीलाई अखिल क्रान्तिकारीको साथ, माइतीघर मण्डलामा प्रर्दशन

तिलाठी बासीलाई अखिल क्रान्तिकारीको साथ, माइतीघर मण्डलामा प्रर्दशन
Ahil-Krantikariसाउन – १५ ।  भारतीय पक्षले अन्तराष्ट्रिय मापदण्ड विपरित बनाएको बांधरुपी तटबन्ध भत्काएका तिलाठीबासीको समर्थनमा अखिल क्रान्तिकारीले चरणबद्ध क्रार्यक्रम गर्ने भएको छ । क्रान्तिकारीले आज काठमाडौंको माइतीघरमा सप्तरीको तिलाठीका जनताको सुरक्षाका लागि उचित व्यवश्था गर्नुपर्ने मागसहित प्रर्दशन गर्न लागेको छ । उसले भारतीय ज्यादती हुँदा र जनता प्रतिरोध आन्दोलनमा निस्कदा समेत सरकार मौन भएको भन्दै विरोध जनाएको छ । काठमाडौंबाट शुरु भएको आन्दोलन तिलाठीसम्म पुग्ने अखिल क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र वस्नेतले भने, 'जनता राष्ट्रियताका लागि रक्ताम्मे हुंने गरी आमनेसामने हुँदासमेत सरकार मौन छ । हामी सिंहदरबार नजिकै गएर ढ्याङ्ग्रो ठटाउंदैछौं ।'

Bidhyarthi Sangathan Sapatari Tilathi

विशेष