विदेश

महिला नेत्री मायावतीको अपमान गरेको आरोपमा भाजपा नेता सिंह पक्राउ

महिला नेत्री मायावतीको अपमान गरेको आरोपमा भाजपा नेता सिंह पक्राउ
dayashankar-singh-700-1पटना (भारत), १४ साउन । भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान (बेइज्जत) गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ । भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो । लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले कारबाही गरी दलबाट हटाएको घोषणा गरिसकेको छ । कारबाहीपूर्व सिंहले भाजपाको उत्तर प्रदेशको उच्च नेताका रुपमा काम गर्दै आउनुभएको थियो । सिंहले केही समय पहिले मायावतीले दलको राज्यसभाका लागि गरिएका मनोनयन लाखौँ रुपैयाँ लिई बिक्री गरेको प्रसङ्ग जोेड्दै नेत्री मायावतीलाई ‘बेश्याको भन्दा खराब चरित्र’ भएकी महिला भनी आलोचना गर्नुभएको थियो । तर यसलाई लिएर देशैभर व्यापक आलोचना र आन्दोलन भएपछि सिंहले आत्मालोचना गर्नुभएको थियो । एपी

Dayashankar Shing Indian Politician

विशेष