तिलाठी घटनाले ओली राष्ट्रवाद नांगिएको क्रान्तिकारीको विश्लेषण

साउन - १५ । अखिल क्रान्तिकारीले सप्तरी तिलाठीका जनताले राष्ट्रियताको पक्षमा आन्दोलन गर्दासमेत सरकार मौन रहेको आरोप लगाएको छ ।
प्रतिरोध आन्दोलनमा नेपाली जनता घाइते हुँदासमेत सरकारले वेवास्ता गरेको भन्दै क्रान्तिकारीले सरकारको विरोध गरेको छ । भारतीय ज्यादती र सरकारको मौनताको विरोध तथा प्रतिरोधमा उत्रिएका जनताको समर्थनमा आयोजित प्रर्दशनमा विद्यार्थी नेताहरुले मधेशी जनताको प्रशंसा गरेका छन् ।
काठमाडौंको माइतीघरमा आयोजित प्रर्दशनमा तिलाठीका जनताको सुरक्षा व्यवश्था मिलाउन तथा बलमिच्याँइ गरि बनाइएका सीमावर्ती पूर्वाधार भत्काउन माग गरिएको थियो ।
Andolan
Bidhyarthi Sangathan


