News

धारीलो हतियार प्रहार गरी युवकको हत्या

धारीलो हतियार प्रहार गरी युवकको हत्या
hatya साउन - १५ । धरान  स्थित पिण्डेश्वरी चोक छेउमा युवाहरुबीच झडप हुँदा एक युवाको मृत्यु भएको छ ।  विवादबीच तरवार हानाहान हुँदा स्थानीय ३० वर्षीय चुचु दिपक राईको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रकाश बेघाका छोरा अपांग भनिने शक्ति बेघा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक राईको शरीरका बिभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । उनको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दिपक राई र आरोपी बेघा लिम्बु केही समय अघि मात्र ज्यान मुद्धामा सजाय भुक्तान गरि आएका थिए । स्थानीय अनुसार दुबै समुहबीच पिण्डेश्वर मन्दिरमा आउने सवारी पार्किङको शुल्क उठाउने विषयमा झगडा भएको थियो । यता मृतकको परिवारले भने घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको दावी गरेको छ ।

dharan pindeshwor hatya

विशेष