ताजा खबर विदेश News

अमेरिकामा एयर बेलुनमा आगलागी १६ को ज्यान गएको आशंका

अमेरिकामा एयर बेलुनमा आगलागी १६ को ज्यान गएको आशंका

bb साउन १६ । अमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन् । स्थानीय समय अनुसार बिहान ७ बजेर ४० जांदा उक्त दुर्घटना भएको हो ।

यो ठाउँमा टेक्ससको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा छ । सञ्चार माध्यमले विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने आशंका गरेका छन् । लोकहार्टले समाचारका अनुसार एयर बेलुन एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन गरिरहेको छ ।

America

विशेष