अर्थ ताजा खबर News

सरकारीको के कुरा ! निजी जलविद्युतमै करोडौं अनियमितता

सरकारीको के कुरा ! निजी जलविद्युतमै करोडौं अनियमितता

 ani-dordi1 साउन १६ । निजी क्षत्रले निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ठेक्कापट्टामा सञ्चालकहरुको स्वार्थ पूरा गर्ने क्रममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ ।

विद्युतगृह, मुहान र सर्ज ट्यांक रहेको सिभिल संरचना र २ दशमलव ७ किलोमिटर सुरुको ठेक्का सञ्चालकहरुका आफना मान्छेलाई दिन भएको चलखेलका कारण आयोजनाको लागत प्रतिमेगावाट दुई करोड रुपैयाँका दरले बढेको एक सञ्चालकले बताए । आयोजनाको लागत वृद्धि भएको माथिल्लो दोर्दी एको निर्माता कम्पनी लिबर्टी हाइड्रोपावरका प्रबन्धनिर्देशक डा. आत्माराम घिमिरेले स्वीकार गरे । अन्नपूर्ण पोस्ट

विशेष