ताजा खबर News

सप्तरी तिलाठी घटनाका सम्बन्धमा उपेन्द्र यादव भन्छन्, ‘मलाई यसबारे बोल्नु नै छैन’

सप्तरी तिलाठी घटनाका सम्बन्धमा उपेन्द्र यादव भन्छन्, ‘मलाई यसबारे बोल्नु नै छैन’

Upendra Yadav

साउन १६ । नेपाली भूभाग डुबाउने गरी सप्तरीको तिलाठीमा भारतीयहरुले बांध बाँध्न खोज्दा भएको झडपमा घाइतेहरुको सम्बन्धमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै प्रतिक्रिया नदिने बताएका छन् । सप्तरी घटनाले मुलुक तातिरहेको बेला तपाईले प्रतिक्रिया के छ भन्ने नेपाल आजको प्रश्नको जवाफमा यादवले भने, ‘मलाई यसबारे केही बोल्नु छैन ।’

तिलाठीमा नेपाली भूभाग डुबाउने गरी भारतीय प्रशासनको आडमा भारतीयहरुले गत बिहीबार बांध बाध्न लागेका थिए । सो बांधका विषयमा विवाद हुंदा दोहोरो झडपमा धेरै नेपालीहरु घाइते भए । यस घटनाका सम्बन्धमा सबैजसो मधेस केन्द्रीत राजनीति गर्ने दलहरुले मुख खोलेका छैनन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सप्तरी घटनालाई राष्ट्रियतासंग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

Saptari Tilathi upendra yadav

विशेष