News

दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाहमाथि खनिए भट्टराई

दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाहमाथि खनिए भट्टराई

Babu

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माओवादीलाई विदेशी र इशाईको एजेन्ट भनिएको प्रति कडा प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा आइतबार सबेरै स्टाटस लेख्दै उनले सेवानिवृत्त जर्नेल र केही भाट पत्रकार माओवादीका विरुद्धमा लागेको जनाएका छन् । आक्रोशित शब्द प्रयोग गर्दे उनले परिवर्तनका लागि ज्यान दिने माओवादी विदेशी एजेन्ट र दरबारका हजुरियाहरु देशभक्त हुंन नसक्ने उल्लेख गरेका छन् । उनले केही भाट पत्रकारले सेवानिवृत्त जर्नेलको कुरालाई मसलाका रुपमा उपयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बाबुरामको निशानामा परेका दुई जर्नेल

Baburam

स्टाटसको पहिलो वाक्यमै उनले दरबारका पूर्व सैनिक सचिव विवेककुमार शाहलाई तारो बनाएका छन् । मैले देखेको दरबारमा उनले भारतको सैनिकले माओवादीलाई तालिम दिएको र सोही ठाऊँमा पछि सेनालाई पनि तालिम दिइएको सूचना आफुले प्राप्त गरेको उल्लेख गरेका छन् । सोही सूचना पाएपछि आफूलाई भारतीय सक्रियतामा दरबारबाट हटाउन तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले भुमिका निर्वाह गरेको उल्लेख गरेका छन् । परिवर्तनको बहाक माओवादीलाई बदनाम गर्न दरबारका हजुरिया जर्नेलले हावादारी कुरा लेखेको उनको आरोप छ ।

बाबुराम भट्टराईको निशानामा परेका अर्का सेवानिवृत्त जनरले हुन्ः प्रेमसिंह बस्न्यात । बस्न्यातले माओवादीले इशाई धर्मको प्रर्बद्धकको काम गरेको सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् । बस्न्यातलाई संकेत गर्दै भट्टराईले हल्लाखोर यानकी पत्रकारले थप काम पाएको भन्दै वितृष्णा व्यक्त गरेका छन् ।

बाबुरामको माओवादी मोह

बाबुराम भट्टराईले माओवादी छाडेपनि माओवादीलाई गरिने आलोचनाले उनलाई छोड्दैन । माओवादीको हाइकमाण्डमा रहिसकेका उनले माओवादीको विगतका बारेमा गरिएको आलोचना सहन नसक्नुको कारण होः प्रकारान्तरले आरोपित उनै हुन्छन् । माओवादीलाई लगाइएको आरोप गैरमाओवादी बाबुरामले चर्कोशैलीमा खण्डन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

baburam bhattarai

विशेष