राजनीति News

केपी ओलीले पाएनन् प्रधानमन्त्री निर्वाचनमा उठाउने उम्मेदवार

केपी ओलीले पाएनन् प्रधानमन्त्री निर्वाचनमा उठाउने उम्मेदवार

१६ साउन । प्रधानमन्त्रीको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबाट उम्मेदवार हुनेको टुंगो अझै लाग्न सकेको छैन । हार्ने निश्चित भएको चुनावका लागि प्रधानमन्त्री ओलीले जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसमक्ष राखेको प्रस्ताव उनले अस्वीकार गरिसकेको चर्चा छ । अहिले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छ । नेपाल आजसँगको कुराकानीका क्रममा नेम्वाङले पनि उम्मेदवारीका सम्बन्धमा रुची नदेखाएको आसय प्रकट गरे ।

नेम्वाङले भने, ‘यस विषयमा कुनै छलफल, सरसल्लाह र निर्णय भएको छैन । मलाई उम्मेदवार बनाउने बजारीया हल्ला मात्रै हो ।’ प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते हुँदैछ । विपक्षी गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेमा झलानाथ खनाल र माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री नै हुन् ।

उनीहरुले उम्मेदवारी दिने सम्भावना कम आँकलन गरिन्छ । प्रकाशमा ल्याइएका एक पछि अर्का पात्रहरुले प्रधानमन्त्रीको उम्मेदवार बन्न अस्वीकाकर गरिरहेका छन् ।

KP Oli PM Kp oli

विशेष