ताजा खबर राजनीति News

अबको तीन दिनमा यस्ता घटना हुँदैछन् नेपालको राजनीतिमा

अबको तीन दिनमा यस्ता घटना हुँदैछन् नेपालको राजनीतिमा

Upendra

१६ साउन । अबको तीन दिनमा कांग्रेस–माओवादी–मधेसवादीबीच लिखित सम्झौता हुने भएको छ । त्यसलगतै १९ गतेको निर्वाचनमा मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने छ । प्रचण्ड नेतृत्वको नयाँ सरकारले पहिलो र दोस्रो क्याबिनेट बैठकमै मधेसीले राख्दै आएका मागमा निर्णय गर्ने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।

नेपाल आजसँगको कुराकानीका क्रममा महासचिव सुमनले भने, ‘अबको दुई–तीन दिनमा भटाभट सहमति र सम्झौता हुनेछन् । मधेसीको माग पूरा हुने दिशामा विषय अगाडि बढ्छ भन्ने लागेको छ ।’ मधेसीले उठाएको मागका सम्बन्धमा छलफल गर्न बन्ने कार्यदलले संविधान संशोधनको प्रतिबद्धता तयार गर्ने छ । त्यसमा हस्ताक्षर भएपछि राजनीतिले नयाँ कोर्स समात्ने महासचिव सुमनले बताए ।

मधेसी मोर्चा सरकारमा सहभागी हुने विषयमा भने अहिले टुंगो लागिनसकेको उनले बताए । उनले भने, ‘संविधान संशोधन विधेयक संसदमा दर्ता भएपछि पनि हामी सरकारमा जाँदैनौं । सत्तामा जान लालायीत छैनौं ।’ नयाँ बन्ने प्रचण्ड सरकारले मधेसीको माग सम्बोधनको वातावरण बनाउन शुरुमै मधेस आन्दोलनका क्रममा भएको दमनबारे न्यायिक छानविन समिति गठन, घाइतेको उपचारलगायत विषयमा भटाभट निर्णय गर्नेछ – महासचिव सुमनले भने ।

Nepali Politics politics

विशेष