News

एमालेको उम्मेदवार को ?

एमालेको उम्मेदवार को ?

विपक्षी मोर्चाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन गृहकार्य तिब्र बनाइरहँदा सत्तारुढ दलहरुमा उम्मेदवार चयनमा अन्यौल देखिएको छ । सहमतिय सरकार गठनका लागि दिइएको समयावधि त्यत्तिकै सकिने र बहुमतिय निर्वाचनबाट प्रधानमन्त्री चयन हुंने निश्चित छ । तर, नेकपा एमालेसहितको सत्ता पक्षले उम्मेदवारका बारेमा केही निष्कर्ष निकाल्न सकेको छैन ।

प्रधानमन्त्रीको निर्वाचनका विषयमा एमालेमा औपचारिक छलफलसमेत भएको छैन । प्रधानमन्त्रीबाट राजिनामा गरेका ओलीले पछिल्लो राजनीतिक अवश्थाका बारेमा शीर्ष नेताहरुसँग कुनै छलफल नगरेको बताइन्छ । रुख काट्ने बञ्चरोको बिंड काठकै देखेर रुख रोएको भन्दै सहकर्मीहरुलाई संसदमा प्रहार गरेका ओली पार्टीका शीर्ष नेताहरुसँग असन्तुष्ट छन् । पछिल्लो समय उनका असली सहयात्री बनेका छन्ः उपप्रधानमन्त्रीत्रय कमल थापा, चित्रबहादुर केसी र सिपी मैनाली ।

ओलीले जनमोर्चाका अध्यक्ष केसीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा चलेको थियो । केसीले आफु उम्मेदवार नबन्ने सार्वजनिकरुपमै प्रष्ट गरिदिए । अहिले ओलीको आँखा एमाले उपनेता एंव पूर्वसभामुख सुवास नेम्वाङ्गप्रति रहेको बताइन्छ । अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिंदै प्रस्तावक प्रचण्डलाई झटारो हानेपछि नेम्वाङ्ग ओलीका लागि थप प्रिय भएको बताइन्छ ।नेम्वाङ्गले आफुलाई उम्मेदवार बनाउने बारेमा कुनै छलफल नभएको र आफु बेखबर रहेको प्रतिक्रिया दिएका छन् । आफुलाई प्रस्ताव नै आइनसकेको सन्दर्भमा यसबारेमा बोल्न उपयुक्त नहुंने उनको भनाइ छ । राजनीतिको पाइपाइ हिसाव गर्न सक्ने चतुर खेलाडी नेम्वाङ्ग हार्ने निर्वाचनको उम्मेदवार नबन्ने निकटवर्तीहरु बताउंछन् ।

विकल्प को ?

नेम्वाङ्गले नमानेमा ओलीका सामू विकल्प कम हुंने देखिन्छ । पार्टीमा प्रधानमन्त्री भइसकेका दुई नेता छन्ः माधबकुमार नेपाल र झलनाथ खनाल । पार्टी अध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री यि दुई हार्नका लागि मैदानमा जाने देखिदैंन । त्यसमाथि अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिएका यिनीहरुले ओलीको वचाउभन्दा विरोध नै गरिदिएपछि सम्बन्ध झनै कटु बनेको छ । उपाध्यक्ष बामदेब गौतम अर्का सम्भावित पात्र हुन् । तर, संसदमा सम्बोधन गर्दै आफू र प्रचण्डका बीचमा कहिल्यै आमनेसामने नहुंने सम्झौता भएको भन्दै उनले मित्रताका बारेमै अधिकांश समय खर्च गरेका थिए । गौतमपनि हार्नका लागि उनकै शब्दमा प्रिय मित्रसँग जुध्न जाने छैनन् ।

ओलीको विकल्प

ओलीले कसैलाई पनि उम्मेदवार नबनाउन सक्छन् । प्रचण्डले बहुमत पुर्याएमा प्रतिष्प्रर्धीको सामना नगरीकनै प्रधानमन्त्री बन्न सक्छन् । यसअघि माधबकुमार नेपालका बिरुद्धमा माओवादीले उम्मेदवार खडा गरेको थिएन ।

Nepali Politics UML

विशेष