ताजा खबर News स्वास्थ्य

मदिरा रोक्न कडा कानुन ल्याउंदै सरकार

मदिरा रोक्न कडा कानुन ल्याउंदै सरकार

madira

साउन १६ । संसदको एक समितिले निरुत्साहित गर्दै यस सम्बन्धि ‘उद्योग बन्द गराउन’ भारतको विहारको कानुन उदाहरण दिँदै त्यहि खाल कडा कानुन यहाँ ल्याउन सरकारलाई सिफारिस गर्न लागेको छ । संसदको उद्योग , वाणिज्य तथा उपभोता हित सम्बन्ध समितिले मदिरासेवनलाई विष सरह मान्दै यस्ता उद्योग बन्द गराउन भारतको बिहारमा जस्तै नेपालमा पनि कडा कानुन बनाउनु पर्ने कुरामा जोड दिएको छ ।

गत वर्ष भारतको बिहार विधासभाले यदि मदिराका कारण कुनै व्यतिको ज्यान गएमा उत्पादन गर्ने र बिक्रि गर्ने दुवै लाई मृत्युदण्ड दिने कानुन पारित गरेको थियो । निम्नकोटीको मदिरा उत्पादनले मुलुकको जनशतिलाई दुव्र्यसनी र रुग्ण बनाउने साथै महिला हिंसा, परिवार र समाज विखण्डनको कारक बनेको मदिरा उद्योगलाई नियन्त्रित र व्यवस्थित गर्नु लोकतान्त्रिक सरकारको कर्तव्य भएको प्रतिवेदनमा उल्लेख छ ।

निम्नकोटिको मदिरा नियन्त्रण गर्नु र बजार अनुगमन गर्नुको सट्ट प्रत्यक्ष र अप्त्यक्ष रपमा करिब ७ लाख रोजगारी सिर्जनागरिरहेको र ५० अर्बभन्दा बढीको लगानी भएको स्वदेश मदिरा उद्योगनै ध्वसत पार्ने प्रतिवेदन दिदैँ गर्दा संसादले सरकारलाई जिम्मेवार बनाउनुको साटो स्वदेशी उद्योगविरुद्ध उभिन पुगेका छन् । यसबाट देशका उद्योगधन्दा बन्द भई बेरोजगार संख्या बढ्ने छ ।

Madira niyantran

विशेष