ताजा खबर देश राजनीति News

'आरजु म्याम'का कारण कांग्रेसभित्र कचिंगल

'आरजु म्याम'का कारण कांग्रेसभित्र कचिंगल

Arju mam

साउन १६ । कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई मन्त्री बनाउने तयारी गरेपछि कांग्रेसभित्र विवाद बढ्दै गएको छ । आरजुको पक्षमा नेपाल दलित संघकी महासचिव लक्ष्मी परियार, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सांसद उदय शमशेर राणा र भारतीय खुफिया एजेन्सी ‘र’ का एजेन्ट प्रशान्तले लबिङ गरिरहेको कांग्रेसवृत्तमा चर्चा छ ।

सभापति देउवाकै जोडबलमा आरजु दुईपटक सभासद÷सांसद बनसकेकी छन् । उनको भन्दा धेरै योगदान भएका महिलाहरु पार्टीमा छन् । जसका कारण आरजुलाई मन्त्री बनाउन सभापति देउवालाई नैतिक संकट छ । यहि कारण देउवाकै डिजाइनमा दलभित्रकै केही मानिसहरुबाट आरजुका पक्षमा लबिङ गराएको कांग्रेस निकट स्रोतको दाबी छ ।

आरजुलाई मन्त्री बनाउन अभियान नै सञ्चालन भइरहको छ । यता रामचन्द्र पौडेल समूहले पनि आरजुलाई मन्त्री बनाउन नहुने विभिन्न तर्क पेश गरिरहेको छ । पौडेल समूहका एक कांग्रेसी नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ शेरबहादुर देउवासँग बिहे गरेपछि आरजु कांग्रेस भएकी हुन् । राप्रपा पृष्ठभूमिबाट आएकी आरजुलाई दुई पटक सांसद बनाउनु नै बढी भइसकेको छ । यो भन्दा बढी गर्नु भनेको नातावादो पराकाष्ठा हो । अन्य लगनशील महिला कार्यकर्ताको अपमान हो ।’

आरजु राप्रपा नेतृ प्रतीभा राणाकी छोरी हुन् । नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया च्याङको पहलमा शेरबहादुर र आरजुको विवाह भएको थियो । जुलियाले शेरबहादुरसँग आरजुको विवाहको कुरा प्रतीभासँग लैजाँदा प्रतीभाले नवराज सुवेदीसँग सल्लाह मागेकी थिइन् । नवराजले ‘राजनीतिक विचार मिल्दैन । के गर्ने हो आफै निर्णय लिनुस भनेका थिए’ भन्ने चर्चा अहिले पनि छ । राजनीतिक विचार नमिले पनि ‘अमेरिकी लबिङ’ भन्दै विवाह गराइयो । यहि कारण आरजुलाई अमेरिकी ‘लविङ’की भनेर चिन्ने गरिन्छ । राणा परिवारकी, राप्रपाको राजनीतिक पृष्ठभूमिबाट आएका कारण आरजुको सम्बन्ध दरबारसँग निकट मान्ने गरिन्थ्यो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरिजाप्रसाद कोइराला दरबारविरुद्ध लागे । आरजुकै दबाबमा देउवा भने ज्ञानेन्द्रसँग नजिक हुन पुगे । त्यसबापत उनी प्रधानमन्त्री पनि भए । देउवाले पार्टी फुटाउनमा पनि आरजुको दबाब थियो भन्ने गरिन्छ ।

‘नातावाद’ नाममा आरजुलाई मन्त्री हुनबाट रोक्नुको कुनै अर्थ नरहेको कांग्रेसलाई नजिकबाट बुझेका विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । आचार्य भन्छन्, ‘गिरिजाको छोरी भएका कारण सुजाता उपप्रधानमन्त्री बन्दा हुने, विपीको छोरा भएकै कारण शशांक महामन्त्री बन्दा हुने, मदन भण्डारीकी पत्नी भएकै कारण विद्या भण्डारी राष्ट्रपति बन्दा हुने तर आरजुले मन्त्री नै हुन नपाउने भन्ने के छ ?’

नातावाद नेपाली राजनीतिमा स्थापित नै भइसकेकोले अब यस विषयमा विवाद गर्न आवश्यक नरहेकको आचार्य बताउँछन् । विगतको पृष्ठभूमिको पनि अब हिसाब गर्न आवश्यक छैन । किनभने सबैजसो पार्टीमा पञ्चायती व्यवस्थामा वा राजा ज्ञानेन्द्रको शासनकालमा सहयोग गर्नेहरु छन् ।

मन्त्री हुने दौडमा रहेकी आरजु मनोविज्ञानमा पिएचडी गर्ने पहिलो नेपाली महिला पनि हुन् । संघर्ष नगरी नै दुइ पटक सांसद भइसकेकी आरजुको शिक्षा दिक्षा देश विदेश दुवै तिर भएको थियो ।

Arju Deuba Nepali Congress Nepali Politics Sher Bahadur Deuba

विशेष