राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः आग्रह
काठमाडौँ, १६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाललोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुग्नुभएको थियो । भेटका क्रममा नेताहरुले सहमतिको सरकार गठनका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए ।
सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा सकिनै लाग्दा समेत सहमतिको सम्भावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन समेत नेताहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
Nepali President Top Leader with President