ताजा खबर News

प्रस्तावित २२ राजदूतको संसदीय सुनुवाई रोकियो

प्रस्तावित २२ राजदूतको संसदीय सुनुवाई रोकियो
k|:tfljt GofofwLz cg'df]lbt ;+;bLo ;'g'jfO ljz]if ;ldltsf] cfOtaf/ a;]sf] a}7sn] ;jf{]Rr cbfntsf GofofwLzdf lgo'lQmsf nflu Gofo kl/ifbaf6 l;kmfl/; ul/Psf !! hgfsf] gfd cg'df]bg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

साउन १६ । सरकारले प्रस्तावित राजदूतको संसदीय सुनुवाई नहुँदै एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाएको भन्दै सुनुवाई समितिले मुख्य सचिव र परराष्ट्रसचिवसँग छलफलगर्ने भएको छ । संवैधानिक परिषदको गत बैशाख १० बसेको बैठकले विभिन्न २२ मुलुकमा राजदूत नियुक्तीकालागि सिफारिस गरेको थियो ।

परिषदले सिफारिस गरेका राजदूतको आजदेखि सुनुवाई प्रक्रिया सुरु गर्ने कार्यतालिका तय गरेको थियो । तर सरकारले संसदीय सुनुवाई नभइकनै सम्बन्धित मुलुकमा एग्रिमोकालागि नाम पठाएको समाचार सार्वजनिक भएपछि सो सम्बन्धमा बुझ्न भन्दै मुख्यसचिव र परराष्ट्रसचिवसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले सोमबार मुख्य सचिव र परराष्ट्रसचिवलाई समितिमा बोलाउने निर्णय गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिए ।

Samsadiya Sunuwai

विशेष