News

काठमाडौं उत्रने बित्तिकै तिलाठी घटनाका ‘हिरो’ देवनारायण यादवले भने– आगो सहन्छौं तर तिनीहरुको थिचोमिचो सहन्नौं (भिडियो सहित)

काठमाडौं उत्रने बित्तिकै तिलाठी घटनाका ‘हिरो’ देवनारायण यादवले भने– आगो सहन्छौं तर तिनीहरुको थिचोमिचो सहन्नौं (भिडियो सहित)
dev1`23 साउन – १५ । भारतीय पक्षले दशगजा मिचेर तटबन्ध निर्माण गर्दा सप्तरी, तिलाठीबासीहरुले त्यसको प्रतिकार गरे । बिहीबार भएको उक्त घटनाको प्रतिनिधित्व गरेका थिए देवनाराण यादवले । उक्त घटनामा उनीसँगै अन्य १० घाइते भए । घाइते भएका मध्ये उनी र दुर्गानन्द झा शनिवार, विराटनगरबाट थप उपचारका लागि काठमाडौं आइपुगेका छन् । दुबै जनाको सीतापाइलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिदै छ । पूर्वजिविस सदस्यसमेत रहेका यादवको उपचार ठाकुर गैरे संयोजक रहेको ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहले गरिरहेको छ । त्यस्तै उनीको अवस्था निगरानी गर्ने काम एमालेकी सभासद रञ्जु झाले गरिरहेकी छन् । दश– बाह्र बर्षदेखि भारतीय पक्षबाट पीडित तिलाठीबासीको समस्या बुझ्न अहिलेसम्म कुनै नेता, मन्त्री नपुगेको यादवले बताए । ‘लिडर’ भनेको के हो ? हामीलाई थाहा छैन ’ उनले भने हिजो पनि भारतीयविरुद्ध लड्यौं, आज पनि लड्यौं, भोली पनि लड्ने छाैँ , चाहे ज्यान जाओस् ।’ कुनै पनि नेताले यो झडप राष्ट्रियताको विषय होइन भन्नु उनीहरुको व्यक्तिगत कुरा भएको उनको भनाइ छ । नेपाली भूभाग मिचेर बाँध बाँध्ने र पटकपटक यस्तो नगर भन्दा एसएसबीले समेत धम्की दिने गरको यादवसँग उपचार गरिहेका झा बताउँछन् । यती ठूलो घटना घट्यो तर आफू कांग्रेसको कार्यकर्ता भएर पनि अहिलसम्म कांग्रेका कुनै प्रतिनिधिले आफूलाई सम्पर्क नगरेको भन्दै उनले दुःखेसो गरे । सप्तरीकी एमाले सांसद रञ्जु झाले यस घटनालाई आफू र आफ्नो पार्टीले गम्भीरता पूर्वक हेरेको बताइन् । यो घटनाको छानविन गर्न सरकारले विज्ञ समिति गठन गरिसकेको उनको भनाइ छ । ‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’का संयोजक ठाकुर गैरेले घाइतेहरु सबैको उपचार खर्च आफ्नो संस्थाले बेहोर्ने बताए । त्यस्तै भारतीय पक्षले मिचिएको सीमाको विषयलाई राष्ट्रिय मुद्दा बनाएर लाने उनले स्पष्ट पारे । त्यस्तै, सामुदायक प्रकोप संजालका केन्द्रीय सदस्य उमेश मिश्र यो घटनामा घाइते यादवसहित अन्यले स्वाभिमानी नेपालीको कर्तव्य पूरा गर्दा सजाय भोग्नु परेको र सरकार उदासिन भएको भन्दै आक्रोश पोखेका छन् । [embed]https://youtu.be/MPgks2NNVa4[/embed] [embed]https://youtu.be/zVBqPiCpnFY[/embed]

Dev Narayan Yadav india nepal border

विशेष