ताजा खबर राजनीति News

भारतको बचाउ गर्दै भट्टराईले भने,‘ओली सरकार भारतले ढालेको होइन’

भारतको बचाउ गर्दै भट्टराईले भने,‘ओली सरकार भारतले ढालेको होइन’

Babu साउन १६ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले केपी ओली सरकार ढाल्नुमा भारतको कुनै हात नरहेको बताएका छन् । उनले राजनीतिक अस्थिरताको मुख्य जड नै गलत शासकीय प्रणाली भएको दाबी गरे । नेपालको सत्ता परिवर्तमा राजा र भारतको भूमिकाबाट अनावश्यक बहस हुने गरेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले आइतबार सदरमुकाम घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, ‘नेपाली जनताको त्याग र योगदानको कुरा बिर्सेर हरेक कुरामा भारतलाई जोड्नु ठीक हुँदैन ।’ नेपालमा ठूला परिवर्तनहरु पनि जनताकै बलमा भएको तर सधै भारतको नाम जोडिने गरेको उल्लेख गर्दै भट्टराई यस्तो भूत नेपाली जनताको दिमागबाट नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने बताए ।

baburam bhattarai Naya Sakti nepal

विशेष