ताजा खबर Technology News

म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले लालपुर्जाको फोटोसहित लेखे भावुक स्टाटस

म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले लालपुर्जाको फोटोसहित लेखे भावुक स्टाटस

Punm साउन १६ । रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफ्नो नामको करिब ३ करोड पर्ने जमिन बिक्री गरेर आबिष्कार केन्द्र खोल्ने भएका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमा जग्गाको लालपुर्जासमेत राखेर एक स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । रामशरण महत, विष्णु पौडेललगायतले राष्ट्रिय आवविष्कार केन्द्र स्थापनाकालागि सहयोग गर्ने आश्वासन मात्रै दिएको तर कुनै काम नगरेको उल्लेख गर्दै पुनले आफ्नै पहलमा आविष्कार केन्द्र खोल्ने जनाएका छन् ।

pun

पोखराको बेगलान तालको उत्तरपट्टी ठूलाकोट भन्ने डाँडामा रहेको २८ रोपनी जमिन बेचेर आविष्कार केन्द्र खोल्ने पुनले बताएका छन् । आफ्नै जग्गा बेचेर भए पनि आविष्कार केन्द्र खोल्ने प्रस्ताव लिएर जाँदा अर्थमन्त्रीहरुले ‘जग्गा बेच्नु पर्दैन, त्यहाँ अनुशन्धान केन्द्र बनाउन सकिन्छ’ भन्ने जवाफ दिने गरेका थिए । तर सरकारले सहयोग नगरेपछि आफ्नो बाँकी जीवन आविष्कार केन्द्र खोल्नमा खर्च गर्ने घोषणा पनि पुनले गरेका छन् ।

mahabir pun

विशेष