बिनोद चौधरीका मार्मिक अनुभव सुन्नुहोस् समस्यालाई सृजनामा बदल्नुहोस्

साउन १६ । बिनोद चौधरी अर्थात नेपालका खरबपती र बिश्वका अर्बपती १ यिनै व्यातित्वसंग गत हप्ता उनको मेकिङ इट बिगू भन्ने आत्म कथाको अनुभव साट्ने क्रममा भेटघाट भयो ।
चौधरी जीले प्रगती गर्न चाहनेले राती होइन दिउसो सपना देख्नु पर्छ किनकी राती त सबैले सपना देख्छन भन्ने रोचक प्रसंग सुनाए । जव उनले आफुले कलेज पुरा गर्न नपाएको प्रसंग कोट्याए मैले अमेरीकाका अर्बपती बिल गेट लाई सम्झे, जो कलेज ड्रप आउट भएका कारण अहिले उनले शीक्षा क्षेत्रमा ठूलो च्यारीटी गरिरहेका छन । चौधरी जीले बिश्व कै सबै भन्दा ठूलो अनलाईन कम्पनी मानिने चीनको अलीबाबा स्थापना गर्ने ज्याक मा ले केएफसी लगायतका जुन जुन जागीरमा निवेदन दिए, उनलाई कसैले जागीर नदिएको र “केएफसी” मा त ज्याक मा बाहेकका सबैले जागीर पाएको र उनी एउटा मात्र अली अटेरी खालको भएर जागीर नपाएको कुरा सुनाए ।
सन् १९९५ मा बिजिनेस कै शीलशीलामा अमेरीकाको सियाटलमा गएका बेला पहिलो चोटी इन्टर्नेट देखेका ज्याक माले याहुमा चीनीँया बियर खोज्दा नपाएकाले चीनीया अनलाईन कम्पनी दर्ता गर्ने निर्णय गरेका रहेछन् । अहिले बिश्वका धनी (मानीका सम्मेलन हुँदा सहभागी हुन्छन बिनोद चौधरी । ४०० -५०० बिश्वका धनी बोलाईएको सम्मेलनमा १००-१५० अमेरीकी, १००-१५० चीनीया हुने, ५०-१०० जती भारतीय अरु अमेरीका बाहेकका अमेरीकी महादेशका अरु देशहरु, युरोपेली देशहरु, मध्य पूर्ब र अफ्रीकी अनी जापान लगायत अरु एसीयाली देश हरुबाट । नेपालबाट भने एक्लो बृहस्पती जस्तो बिनोद चौधरी जी, जो ब्यापार, लगानी र नेपालको प्रचारका लागी अघोषीत राजदूत भएका छन । अमेरीकाको सिलिकन भ्याली का भेन्चर क्यापिटल नयाँ उद्यम पूँजी का परियोजनामा लगानी गर्ने योजना छ चौधरी जी को ।
तर मलाई भने दुई वटा कुरा सधै खट्किरह्यो बिनोद चौधरी जी का बारेमा । पहिलो, बिश्वका सबै भन्दा गरीब देशहरु मध्यको एउटा गरीब देश नेपालको सबै भन्दा धनी मान्छे एक अरबपती भनेर आफुलाई चिनाउनु पर्दा उहाँको हृदयको एउटा अन्तर कुन्दमा के साँच्चिकै गौरब महसुस हुन्छ होला र ? दोर्साे, मानिलिउ कि उनको सम्पती १ अरब ६० करोड डलर छ ।
यदी चौधरी जी १०१ बर्ष सम्म बाँचे यहीँ दुवा भगवानसंग भने उनले एक बर्षमा ४ करोड वा एक दिनमा २ लाख डलर खर्च गरे पनि पुग्ने सम्पती छ । धनीका अलावा अरु कुन आइडेन्टीटी 'पहिचान' लिएर आफ्नो लिगेसी 'योगदान' बनाउने चाहाना होला त भन्ने मेरो जिज्ञासा थियो मन मनै । उहाँको म एउटा समृद्द नेपालको नागरीक भएर मर्न पाउँ, मेरो त्यही चाँहाना छ भन्ने उत्तरले मेरो मन छोयो । मैले अर्को प्रश्न पनि सोधेको थिए, तपाईले धेरै अन्तर्वातामा नेपाल एशियामा एउटा सम्पन्न बन्ने प्रचुर क्षमता छ भन्नु भएको छ तर न सबल नेतृत्व न राजनीतिक स्थायित्व भएको नेपालमा के साँच्चै विकास होला जस्तो लाग्छ र ? चौधरी जी को जवाफ थियो, नेपाल एक दिन सम्पन्न बन्न सक्छ । जसरी बिजिनेसमा भेन्चर क्यापिटलका इनोभेटिभ परियोजनाहरु आउँछन् ठीक त्यसरी नै नेपाल मा विकास सम्बन्धी अनुभव पनि भएको र भिजन पनि भएको नेतृत्व आउने छ । तर कहिले र कसरी आउँछ त्यो चाँही म भन्न सक्दिन ।
जाँदा जाँदै मैले नेपालमा अहिले भ्रष्टाचारको बहस जताततै छ । घुसका मामिला मा घुस लिने र दिने दुबै दोषी हुन् । नेपालमा नीजि क्षेत्र र व्यापारीहरु नेपालको भ्रष्टाचारमा कती कारक तत्व हुन् जस्तो लाग्छ तपाईलाई भनेर सोधे । चौधरी जी को जवाफ थियो, नेपालमा सरकारी क्षेत्रबाट कानूनी रुपले हुने काम पनि नगरेर पैसा माग्ने चलन ८० प्रतिशत छ भने बाँकी २० प्रतिशत नहुने कामका लागी घुस दिने र माग्ने चलन छ ।
चौधरी फाउन्डेसन खडा गरेका चौधरी जी च्यारीटी समाज सेवा तिर पनि लागेका छन् । उनले एकै नजरमा माया बस्यो है देखीका गीत पनि लेखेका छन् । तर गरीबी राष्ट्रको धनी बाहेकको अर्को एउटा ठूलो ख्याती उपलब्ध होस् चौधरी जी लाई । यही मेरो शुभ कामना
(तिमिल्सेनाले सामाजिक संजालमा लेखेको यो अनुभुति धेरैका लागि गहकिलो सन्दर्भ बन्न सक्छ)
anurag timilsina binod chaudhary