विदेश

दश हजार भारतीय साउदीमा अलपत्र

दश हजार भारतीय साउदीमा अलपत्र
india साउन १६ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएका कारण साउदी अरेबियाका कम्पनीहरु धमाधम बन्द भैरहेका छन् । त्यसैका कारण अरेबिया विमानस्थलमा करिव १० हजार भारतीय अलपत्र परेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । यहाँ फसेका मध्ये एक व्यक्तिले ट्वीटरबाट विदेशमन्त्री सुष्मा स्वराजसँग सहयोग मागेपछि त्यहाँस्थित भारतीय दुतावासले खानाको व्यवस्था गरेको छ । सुष्माले ट्वीटरमा भनेकी छिन् , ‘म वाचा गर्छु कि साउदीमा रहेका कुनै पनि बेरोजगार भारतीय भोको रहने छैन ।’ साउदीको जेत्ता शहरको विमाानस्थलमा १० हजार भन्दा बढी भारतीय फसेको बताइएको छ । साउदी अरेबियामा रहेका भारतीयहरुले निरन्तररुपमा रोजगारी गुमाइरहेका छन् । फ्याक्ट्री बन्द हुँदा जागिर गुमाएका र तलव पनि नपाएका भारतीयहरु विमानस्थलमा नै फसेका छन् ।

India saudi arab

विशेष