तिलाठी घटनाका घाइतेलाई भेटेपछि लालबाबु पण्डितले भने ‘ राजेन्द्र महतो अरुको गुलाम हो’ (भिडियो सहित)
तिलाठी घटनाका घाईतेलाई भेट्न पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मनमोहन अस्पताल पुगे । भारतीय पक्षले बनाएको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएका देवनारायण यादव र दुर्गानन्द झालाई भेट्दा पण्डितको मुहारमा भिन्दै भाव देखिन्थ्यो । मनमोहन अस्पतालको आइसियूमा उपचार गराइरहेका यादब र झालाई उनले बीरको संज्ञा दिए ।
उनले भने ‘ म तपाईले राष्ट्र बचाउन गरेको बलिदानको प्रशसां गर्छु । म सधै राष्ट्र, राष्ट्रियता र स्वाभिमानी नेपालीको सम्मान गर्छु । हामी हाम्रो देशको निम्ति कहिल्लै पनि झुक्नु हुँदैन ।’
जवाफमा देवनारायणले भने ‘ लालबावु पण्डित पक्कै सानो मान्छे होईन । मैले तपाईको धेरै नाम सुनेको छु । तपाई हेर्नमा मात्र सानो हो । म तपाईहरुलाई आग्रह गर्छु एकचोटी तपाईहरु पुर्व नेपालदेखि पश्चिम महाकालीसम्म दशगजामा गएर उभिनुस । सबै नेपालीहरुलाई जागरुक बनाउनुस । अनी थाहा हुन्छ भारतियबाट कती नेपाली पीडित छन ।’
जवाफमा लालबाबुले सहानुभुति दिदै भने ‘ म सधै अन्यायको बिरोधमा लाग्छु । र, अन्यायको बिरुद्ध लड्नेहरुको साथ दिन्छु । ’
पण्डितले घटनाको बारेमा यादबसंगै चासो राखे । जोशिदै यादबले घटना विवरण सुनाए, ‘ भारतले हामीलाई पुस्तौदेखि हेप्दै आएको छ । हामीले सहन नसक्ने भएपछि प्रतिकार ग¥यौ । अती गर्नु अत्याचार नगर्नु, उनीहरुसंग हामी पहिला देखि नै लड्दै आएका छौ, त्यही रिष पोख्न म माथि आक्रमण गरे । तर यतिकै हामी चुप बस्दैनौ ।’
यादवलाई सहयोग गर्ने आश्वशन दिदै पण्डित आईसियुबाट बिदा भए ।
राजेन्द्र महतो मधेसको नेता हैन, अरुकै गुलाम हो
घाइतेलाई भेटेपछि नेपाल आजसँग कुरा गर्दे पण्डितले मधेशी सुमदायको राष्ट्रभक्तिको प्रसंशा गरे । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तिलाठी घटना राष्ट्रियतासँग सम्बन्धित छैन भनेर मधेशी समुदायको खिल्ली उडाएको पण्डितको भनाइ छ । उनले भने ‘ महतो लगायतका केही नेताहरु अरुका गुलाम हुन् भन्ने स्पष्ट छ । उनीहरु नेपाली नागरिकता बोकेका बिदेशी गुलाम हुन् भन्ने तिलाठी घटनामा दिएको प्रतिक्रियाले प्रष्ट हुन्छ ।’
पण्डितका अनुसार राजेन्द्र महतो जस्ता नेताहरु मलाई नेता बनाईदेउ, म तिम्रै काम गर्छु भनेर गुलामी गर्छन । उनीहरुलाई जनताको नेता बन्दा भन्दा अरुको भक्त भन्दा बढी गर्वको अनुभुति हुने गरेको पण्डितको टिप्पणी छ ।
कायर भएर स्वाभिमानी कोही बन्दैन
पण्डितका अनुसार नेपाली सहनशिल भएकाले भारतले हेपेको हो । उनी भन्छन् ‘ अन्ययायको बिरोधमा लाग्नुस । कसैको दबाब नसहनुस । भिक्षा मागेर राष्ट्रियताको संरक्षण हुदैन । भिक्षा मागेर देश कहिल्लै धनी बन्दैन ।’ उनले थपे ‘कायर भएर स्वाभिमानी कोही बन्दैन । तिलाठीका जनताले गतिलो पाठ सिकाएका छन् । सबैले सिक्न आवश्यक छ ।’
[embed]https://youtu.be/41yDqdYW_YA[/embed]
खेलकुद मन्त्री भन्छन ‘नेपालीहरु भिमसेन थापाको पालादेखि भारतबाट पीडित छन
खेलकुद मन्त्री सत्यनारायण मण्डल पनि मनमोहन अस्पतालमा घाइतेलाई भेट्न पुगेका थिए । उनले तिलाठी घटनाको सत्यतथ्य छानविन गर्नुपर्नेमा जोड दिए । समस्याको दीर्घकालिन सामाधान खोज्नुपर्ने उनको भनाइ थियो ।
नेपाल आजसंग कुरा गर्दे मण्डल भने ‘भिमसेन थापाको पालादेखि नेपालीहरु भारतबाट पीडित छन् । किनकी नेपाली नेताहरु भारतसंग लम्पसार पर्छन । त्यसको फल सोझा जनताहरुले भोग्नुपर्छ ।’
राजेन्द्र महतोले तिलाठीका जनताको लडाइ राष्ट्रियतासँग नजोडिएको भन्ने राजेन्द्र महतोको भनाइ प्रति मण्डल आक्रामक सुनिए । मण्डल भन्छन्, ‘राजेन्द्र महतो सपुत हैनन् । सपुत त तिलाठीबासीहरु हुन्, जसले ज्यानको बाजी राखेर आफ्नो भुमी बचाए ।’
प्रस्तुतिः सागर बुढाथोकी
छायांकनः गगन थापा
र योपनि,
► भारतीयसँग भिड्न जाने बहादुर देवनारायण यादबले भने, ‘फेरि बाँध बाध्न आए भने मधेसी के हो देखाइदिन्छौं’
► ‘नेताहरु मस्ति गरिरहुंन्, हामी देशका लागि मर्न तयार छौं’
► बांध बाध्न आएका भारतीयलाई यसरी लखटेका थिए बीर नेपालीले
► काठमाडौं उत्रने बित्तिकै तिलाठी घटनाका ‘हिरो’ देवनारायण यादवले भने– आगो सहन्छौं तर तिनीहरुको थिचोमिचो सहन्नौं (भिडियो सहित)
lalbabu pandit vanchan rajendra mahato aruko gulam
tilathi ghatana