खेल ताजा खबर News

पोल्याण्डलाई हराउंदै पोर्चुगल युरोकपको सेमीफाइनलमा

पोल्याण्डलाई हराउंदै पोर्चुगल युरोकपको सेमीफाइनलमा

p असार १७ । युरोकप फुटवलको पहिलो क्वाटरफाइनलमा भएको पहिलो खेलमा पोर्चुगलले पोल्याण्डलाई ५–३ गोल अन्तरले पराजित गरेको छ । जितसँगै पोर्चुगल सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलको दुई मिनेटमै पोल्याण्डका रोर्बट लेवानडोस्कीले गोल गरेर पोल्याडलाई अग्रता दिलाएका थिए ।

por

तर खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले पाएका धेरै अवसरलाई गोल गर्न सकेनन् । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले एक एक गोलको बराबरी खेलेपछि थपिएको ३० औं मिनेटसम्म पनि दुबै टिमबाट कुनै गोल हुन सकेन तसर्थ खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

pr

पोनाल्टीमा सुटआउटमा भने पोर्चुगलले ५–३ गोल अन्तरले पोल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो ।

Uro Cup 2016

विशेष