ताजा खबर News समाज

मन्त्री नै बेपत्ता !

मन्त्री नै बेपत्ता !

Rekha-Sharma-Minister

असार १७ । केपी ओली नेतृत्वको सरकारमा पार्टीको साख उठाउने र जनतामा स्थापित गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्रका मन्त्रीहरु नै बेपत्ता हुने गरेपछि सो पार्टीभित्र खैलाबैला मच्चिएको छ । आपूर्ति मन्त्री गणेशमान पुन र सामान्य प्रशासन मन्त्री रेखा शर्मा आजकल वेपत्ता भएका छन् । उनीहरु हरेक दिन कहाँ जान्छन, कसलाई भेट्छन् र के काम गर्छन भन्नेमा पार्टी नेतृत्वलाई कुनै जानकारी नै हुन छाडेको छ ।

मन्त्रालयमा भेटिदैन, पार्टी कार्यालयमा पनि हुँदैनन् आखिर जान्छन् त कहाँ उनीहरु । सेवाग्राही काम लिएर मन्त्रालय जान्छन, सचिवालयमा रहेका कर्मचारी भेटिदैनन, उनीहरु कहाँ छन् सो को बारेमा कोही कसैलाई जानकारी हुँदैन । फोन गर्यो, फोन उठ्दैन, स्वकिय सचिवलाई सम्पर्क गर्दा मन्त्री ज्यू व्यस्त हुनुहुन्छ पछि गर्नुस् भन्दै जवाफ आउँछ । आखिर जान्छन् त कहाँ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेताहरुले यस्तै चर्चा गर्न थालेका छन ।

माओवादी अध्यक्ष प्रचण्डलाई समेत जानकारी हुन्न । मन्त्रालयका सचिव हैरान, कर्मचारी हैरान छन् तर त्यसकाबारेमा कोही कसैको पत्तो छैन । जनआहब्वान साप्ताहिक

Rekha Sharma

विशेष