प्रधानमन्त्रीकप राष्ट्रिय खेलकुद असार २७ बाट
काठमाडौं, असार १७ । प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गते सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष तथा महिला ब्याडमिन्टन, टेबल टेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ८ खेलाडी सहभागी हुने छन् । प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
National Sports