ताजा खबर News समाज

दुई उप–प्रधानमन्त्रीलाई हटाउन कांग्रेसको माग

दुई उप–प्रधानमन्त्रीलाई हटाउन कांग्रेसको माग

Nepali-Congress-flag काठमाडौं, असार १७ । कांग्रेसले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दै हिँड्ने मन्त्रीहरूलाई कारबाही गर्न माग गरेको छ । बिहीबार व्यवस्थापिका–संसद् बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई कारबाही गर्न माग गरेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले जिम्मेवार मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दा पनि प्रधानमन्त्री मूकदर्शक बन्दै लाचार भएर बसेको आरोप लगाइन् ।

Nepali Congress

विशेष