खेल ताजा खबर News

वेल्सलाई बेल्जियमका समर्थकले रोक्लान ?

वेल्सलाई बेल्जियमका समर्थकले रोक्लान ?

Bel असार १७ । युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा वेल्सको सामना गर्दा बेल्जियमलाई समर्थकको कमी हुनेछैन । शुक्रबार हुने सो खेल फ्रान्सको उत्तरी सहर लिलेमा हुँदैछ । जुन सहर बेल्जियमको सिमानाभन्दा मात्र दस किलोमिटर टाढा छ । त्यसैले बेल्जियमका समर्थकले अहिले नै लिलेमा हुने खेलका लागि त्यहाँ अलि नजिकैको लेन्समा डेरा जमाइसकेका छन् । बेल्जियम सन् १९८६ मा भएको विश्वकपपछि पहिलोपटक प्रमुख प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रयासमा छ । यसबाहेक स्थानीय बासिन्दाको समर्थन पनि बेल्जियमलाई नै जाने सम्भावना छ । बेल्जियमका दुई खेलाडी इडेन हजार्ड र डिभोक ओरिगीका लागि लिले व्यावसायिक फुटबलमा प्रस्थान विन्दु पनि हो । यी दुवैले आफ्नो फुटबल जीवनको सुरुवात लिलेको स्थानीय क्लबबाट गरेका थिए । त्यसैले वेल्सका समर्थकलाई आफ्नो टिमको मनोबल बढाउन मैदानमा ठूलै मिहिनेत गर्नुपर्ने छ । युरोकपको सेमिफाइनलमा पुगेर वेल्स इतिहास बनाउने दाउमा छ । सन् १९५८ मा भएको विश्वकपमा वेल्स क्वाटरफाइनलसम्म पुगेको थियो । सो समय युवा पेलेको गोलले ब्राजिलसँग वेल्स १–० ले हार्यो । त्यसैले बेल्जियमलाई हराएमा वेल्सले प्रमुख प्रतियोगितामा पहिलो सेमिफाइनल खेल हुनेछ । मूह चरणमा स्लोभाकिया र रुसविरुद्धको दुई जितले वेल्स समूह ‘बी’ विजेता बनेर नकआउट चरणमा पुगेको थियो ।

वेल्स र बेल्जियमबीचको विजेताले सेमिफाइनलमा पोर्चुगल अथवा पोल्यान्डमध्ये एकविरुद्ध भिडन्त गर्नेछ । वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले आपूm आफ्ना खेलाडीदेखि प्रभावित रहेको र फरक शैलीले खेल्ने टिमलाई पनि अधीनमा राखेको प्रतिक्रिया दिएका छन । उत्तरी आयरल्यान्डविरुद्धको जितमा वेल्सको आलोचना गरिएको थियो । वेल्स र बेल्जियम एक अर्काप्रति परिचित छन् । २०१४ विश्वकप र युरो २०१६ को छनोट चरणमा यी दुई टिम एकै समूहमा थिए । वेल्सका लागि समस्या भनेको अहिले कप्तान एस्ले विलियम्सको चोट हो । उत्तरी आयरल्यान्डविरुद्धको खेलमा विलियम्सलाई चोट लागेको थियो तर बेल्जियमविरुद्धको खेलअघि उहाँ दुरुस्त भइसक्ने बताइएको छ । एजेन्सिको सहयोगमा

Uro Cup 2016

विशेष