ताजा खबर News समाज

पहिरोले गांउमै थुनिए सर्वसाधारण

पहिरोले गांउमै थुनिए सर्वसाधारण

Pahiro काठमाडौं असार १७ । उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङ गाउँमा वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना गाउँमै थुनिएका छन् । बुधबार रातिको वर्षापछि गाउँमाथिबाट पहिरो आई चारैतर्फ जान नसकिने अवस्था आएपछि उनीहरु सङ्कटमा परेका हुन् । विकटमा त्रिपालमुनि बसिरहेका सङ्कटमा परेको खबरपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उनीहरुको उद्धार गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिए पनि विहिबार अबेरसम्म उद्धार भएको छैन । घटनास्थल क्षेत्रको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी एक हेलिकप्टर लिएर गए पनि उनीहरुको उद्धार हुन नसकेको हो

Pahiro

विशेष