ताजा खबर मेरो परिवार मेरो कथा News

यस्तो पो प्रेम ! पोलियो पीडितसंग प्रेमविवाह गरेकी कार्यवहाक राजदुत इन्दिराको कथा

यस्तो पो प्रेम ! पोलियो पीडितसंग प्रेमविवाह गरेकी कार्यवहाक राजदुत इन्दिराको कथा

धेरै पुरुषले महिलालाई कटाक्ष गर्छन, ‘कोही महिला छ जसले जान्दाजान्दै आफुभन्दा शारीरिक र अन्य हिसावले कमजोरसंग विहे गरेको होस् ?’ विहे गर्दा आफुभन्दा सबल केटा नै खोजेको सन्दर्भ झिकेर महिलालाई स्वार्थी देखाउन यस्ता टिप्पणी हुने गर्दछन् । यि सब टिप्पणीका लागि इन्दिरा अर्यालको जीबन आफैंमा उत्तर बनेको छ ।

इन्दिरा अहिले रुसका लागि कार्यबहाक राजदुत  छिन। अत्यन्त सम्मानित पदमा आसिन उनलाई आफ्ना पतिप्रति गर्ब छ जो पोलियो पीडित छन् । मनोज गोहिवारसंग उनले अन्तरजातिय विहे गरेकी हुन । भाषिक र साम्प्रादायिक हिसावले यो जोडी अन्तरजातिय भइहाल्यो, शारीरिक हिसावलेपनि अनमेल छ । अरुका लागि अनमेल भएर के भो र ? उनीहरु मेलमिलाप लोभलाग्दो छ । अर्याल भन्छिन्,‘हि इज माइ हिरो ।’

Indira

कीर्तिपूरमा अंग्रेजी पढ्थे दुबैजना । एउटै कक्षाका मनोज र इन्दिराको दोस्ती गजबगरी बाक्लियो । पढाइमा मेहनत गर्ने दुबै संर्घषशील थिए घरमा विहेको कुरा चल्न थालेपछि जीबनसाथीको कल्पना हुन्थ्यो । । इन्दिरा लक्काजवान केटासंग विवाहको कल्पना गर्थिन जो हरहिसावले पूर्ण होस । पढाइको अन्तिम दिन मनोजले मन खोेले, ‘म तपाईलाई चाहन्छु ।’ दोस्ती र प्रेम अलग विषय हुन् । उनले मनोजलाई जीबनसाथीका रुपमा सोचेकी थिइनन् । तर, मनोजको इमान्दारिता, समझदारीपूर्ण व्यवहार र सफा दिलले उनलाई नाइनास्ती गर्नबाट रोक्यो । बाहिरी आवरणमा खोट भएपनि उनी सुन्दर थिए । भेटै नभइकन मनोजको प्रस्ताव आएको हुन्थ्यो भने उनी सिधैं नाइ भन्दिन्थिन् । २ बर्षको संगतका कारण सुन्दर इन्दिराको मन पूरै परिवर्तन गरिदियो, व्यक्तिको शारीरिक बनोटभन्दा हृदयको बनोट मुख्य हो भन्ने निष्कर्षमा उनी पुगिन् । सुटुक्क विहे गरिन् ।

उनी हरेक व्यक्तिमा केही न केही कमजोरी र सबल पक्ष हुने ठान्दछिन् । अपाङ्गताको अर्थ एउटाको तुलनामा अर्को कमजोर भन्ने हो । एउटा व्यक्तिको तुलना अर्को व्यक्तिसंग गर्दा केही न केही कमजोरी भेटिहाल्छ । मनोज कलेजमा टप विद्यार्थी थिए । असल स्वभावका मनोजका सामु अध्ययन र इमान्दारिका दृष्टिले सबल भनिएका अरु अपाङ्ग देखिन्छन् । विहे भइसकेपछि विस्तारै परिवारले स्विकार्दै गयो ।

मनोज आठ बर्षको हुंदा पोलियोको सिकार भए । तराईको सामान्य किसान परिवारका मनोजको बेलैमा उपचार हुन सकेन । अदम्य साहश बटुलेर मनोजले संर्घषको यात्रा थाले । आफ्नै बलबुतामा काठमाडौंसम्म हानिए । उनको यात्रा आफैंमा गर्व गर्न लायकको छ इन्दिराका लागि । अहिले मनोज नेपालमा समाजसेवामा व्यस्त छन् । इन्दिरा कार्यबहाक राजदुतका रुपमा रुसजस्तो शक्तिशाली देशमा कुटनीतिक लबिङमा व्यस्त छिन् । सानो छ परिवार, सुखी छ दिल । तरपनि इन्दिराका साथीभाइ र आफन्त अनेक कुरा काट्छन्, विवाहलाई लिएर अड्कलबाजी गर्छन् ।

Indira aryal

यस्ता प्रसंगमा इन्दिराका आंखा रसाए । उनले भावुक हुंदै भनिन्, ‘मनोज गोहिवार मेरो श्रीमान् हो भनेर चिनाउनेबित्तिकै मानिसहरु यो महिलामा के कमजोरी थियो र यस्तो व्यक्तिसंग किन विवाह गरी भनेर सोच्दछन् । मेरो अघि उनीहरु केही भन्दैनन् तर उनीहरुको अनुहारमा ‘कठै’ भनिरहेको भाव तैरिरहेको देख्छु ।’

२४ बर्षको उमेरमा परराष्ट्रमा प्रवेश गरेकी उनले कुटनीतिक क्षेत्रमा फड्को मार्दै गएकी छिन् । ५ महिनाको तयारीमा परराष्ट्रजस्तो आर्कषक सेवामा प्रवेश गरेकी उनी मेहनत र लगनलाई सफलताको सूत्र ठान्छिन् ।

(साप्ताहिकमा प्रकाशित इन्दिरा अर्यालको अन्तवार्तामा आधारित । फोटो इन्दिरा र मनोजको फेसबुकबाट)

Indira Aryal love Manoj Gohiwar Marridge Russian Rajdoot

विशेष