इराकमा नरसंहार

असार १७ । इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीहरूको मृत्यु हुनुका साथै २६० भन्दा बढी सवारी साधन ध्वस्त पारिएको इराकी अधिकारीहरूले जानकारी दिएका छन् । गत मङ्गलबारबाट सुरु गरिएको यस हवाई आक्रमणको क्रममा फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका हतियारले भरिएका सयौँ सवारीसवारी साधनलाई लक्ष्यगरी सो आक्रमण गरिएको थियो । इराकी सैनिकले भारी मात्रामा इस्लामिक स्टेट जिहादी समूहका हतियार समेत कब्जा गरेको जनाइएको छ ।