ताजा खबर News

सत्य निरुपण तथा मेलमिलाप आगोगमा कति उजुरी परे, क–कसले दिए उजुरी

सत्य निरुपण तथा मेलमिलाप आगोगमा कति उजुरी परे, क–कसले दिए उजुरी

Saty nirupan काठमाडौं, असार १७ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिने दिन सकिन अब केही दिन बांकी रहदा बुधबार सम्म आयोगमा ४४ हजार ३ सय ४१ जनाले उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी १५ हजार ६ सय ६३ जनाले मध्येपश्चिमाञ्लबाट उजुरी दिएको आगोगले उल्लेख गरेको छ । त्यस्तै सुदूर पश्चिमाञ्चलबाट ७ हजार ९ सय ५४ जनाले उजरी दर्ता गराएका छन् भने पश्चिमाञ्चलबाट ७ हजार ४ सय १६ जनाको उजुरी परेको छ ।

आयोगको अभिलेखमा पुवाञ्चलबाट ५ हजार १ सय १५ जनाले उजुरी दर्ता गराएका छन् भने मध्यमाञ्चलबाट ५ हजार ८ सय ८५ जनाको उजुरी परेको आयोगको अभिलेखमा उल्लेख छ । त्यस्तै सबै भन्दा कम सयनिरुपण तथा मेलमिलाप आयोगमा २ हजार २ सय ४७ उजुरी दर्ता भएका छन् । पीडितले आगमी श्रावण १ गते सम्म उजुरी दिन सक्ने गरी म्याद थप गरेको छ ।

TRC

विशेष