अपराध सुरक्षा News

नेपाली सिरियल किलरको नालीबेली

नेपाली सिरियल किलरको नालीबेली

५० बर्षका मानबहादुर बुढाथोकी वर्षअघि उनले गरेको अपराधमा अहिले जलेश्वर कारागारमा छन । २०५३ देखी २०६२ सम्मको उनलको जीवन जेलमै बित्यो । जेलमुक्त भएलगतै भारत पसेका बुढाथोकी नोएडामा कान्छी श्रीमतीका साथ जीवन बिताईरहेकै बेला असार ६ मा पक्राउ गरी नेपाल ल्याईए । अनुसन्धानको क्रममा १८ वर्षे युवतीको हत्याको आरोपमा पक्राउ परेका मानबहादुर ६ जना महिलाको हत्या गर्ने सिरियल किलर भएको रहस्योद्घाटन भयो । उनी माथी ६ जनाको हत्याको अभियोग त छ नै अन्य २६ जनाको बलात्कार गरेको घटनाको सम्बन्धमा प्रहरीको केन्दिय अनरसन्धान ब्युराले गरिरहेको छ ।

मानबहादुरका ६ कर्तुत

१. २०५२ फागुन २४ मा धनुषा बेगाडाबर गाबिस बडहरी बजारबाट जमुना गाउ जाने चौरमा साझ ७ बजेतिर एक महिलाको बलात्कारपछि घाटी थिचेर हत्या । २. चैत २३ मा धनुषको ढल्केवरदेखी उत्तरको दमार जंगलको गोरेटोमा कुर्ता र कलेजी रंगको सल लगाएर बाख्रा चराउन आएकी किशोरीको हत्या । ३. २०५३ मा जेठ ६ मा धनुषको ढल्केवरदेखी पूर्वको जंगलमा बाख्रा चराएर फर्केकी ६१ बर्षकी महिलाको हत्या । ४. २०५३ असारमा महात्तरी बर्दिबासबाट पश्चिमतर्फको जंगलमा पात टिप्न लागेकी २५ बर्षे महिलालाई बलात्कारको प्रयास, र हलचल गर्न हाडेपछि फरार ५. २०५३ साउनमा धनुषाको लालगढको सयपत्री खोलाको ढिस्को पछाडीमा लगेर एक महिलाको बलात्कारपछि हत्या ६ २०५३ सालमा बर्दीबासमा महिलालाई बलात्कार गर्न खोज्दा कराएपछि घाटी थिची हत्या ।

विश्वका ५ सिरियल किलर

१. हत्या गरेको सङयाको आधारमा कोलम्बियाको अल्फ्रेडो सिरियल मर्डर मध्ये सबैभन्दा भयानक मानिन्छन । पाचँ वर्षको बिचमा उनले ३ सय जनाको हत्या गरेका थिए । जसमध्ये १ सय ३८ जनाको पुष्टी भयो । अल्फ्रेडोको सिकारमा पर्नेहरुमा अधिकाशं सडक बालबालिका छन । २. कोलम्बियाका पेड्रो लोपेज दास्रो नम्बरमा छन । ३ सय भन्दा बढी बालिकाको बलात्कार र हत्यामा संग्लग्न मानिने पेड्रोले ९ देखी १२ बर्षका ८० बालबालिकाको हत्यामा संग्लग्न भएको आरोप लागेको थियो । ३. डेनिलय बारबोरा पनि कोलम्बियाकै हुन । उनले कोलम्बिया र ईक्वेडरमा ७२ देखी १५० जना जवान युवतीको हत्या गरेका हुन । ४. ब्राजिलका पेड्रो रोड्रिज चोथौ नम्बरमा छन । रोड्रिजले १ सय जनाको हत्या गरेको अनुमान छ । २००३ मा उनलाई १ सय २८ वर्षको जेल सजाए भयो । ५. ह्याम्ब्रले हानेर ७० जनाको हत्या गरेको भारतिय नागरिक कम्पतीमार शंकराया मनोरञ्जनको लागी हत्या गर्थे । जयपुरका शंकराया हत्याको पुष्टी भएसंगै फासीँमा चढाईए ।

कोही किन हुन्छ सिरियल किलर

दा ब्याक्ति सिरियल किलर बन्न सक्ने सिलसिरियल किलरसमबन्धी अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन को सन् २०१२ को प्रतिबेदनमा सिरियल किलरका उत्प्रेरणका ५ कारण उल्लेख छ । प्रतिबेदनमा यौन, आक्रोश, जोखिम मोल्ने शौख , आर्थिक फाईदा एवम् अरुलाई आफुतिर तान्ने कारण उल्लेख छ । डिआईजी सिलवाल यस्तो प्रकृतीको अपराधमा संग्लग्नहरु एक प्रकारको मनोरोगी हुने कुरा बताउछन । ब्याक्ति हुर्किएको समाज, परिवार र संगत आदिले बिकास हुदै जाने नकरात्मक मनोभावले अपराधिक मनोवृती बढाउने र समयमै नियन्त्रण गर्न नसकिएको बिश्लेषण छ ।

Man Bahadur

विशेष