पहिरोमा पुरिएर २ जनाको मृत्यु
असार १७ । अविरल वर्षका कारण आएको पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी र सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको ज्यान गएको हो ।
लगातार वर्षाका कारण उद्दारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मुसलधारे वर्षाले दार्चुला जिल्लाको जनजीवन प्रभावित बनेको छ
Darchula Pahiro