अर्थ ताजा खबर व्यापार News

मध्येरातमा विद्युत प्राधिकरणले बढायो विजुलीको महसुल, उपभाेक्ता मारमा

मध्येरातमा विद्युत प्राधिकरणले बढायो विजुलीको महसुल, उपभाेक्ता मारमा

bijuli-591x330 काठमाडौै, असार १७ । आगामी साउन महिनादेखि नेपाली उपभोक्ताको बिजुलीको बिल करिब १९ प्रतिशतले बढ्ने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले औसतमा १९ प्रतिशतले महसुल बढाउने निर्णय गरेपछि नेपाली उपभोक्ता थप मारमा पर्ने भएका छन् । नयाँ व्यवस्थाअनुसार साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको छ ।

नयाँ महसुल लागू भएपछि ५ एम्पिएरको मिटर राखी ५ युनिट खपत गरेमा न्यूनतम शुल्क ३० र विद्युत् खपतको १५ गरी ४५ रुपैयाँ तिरे पुग्छ । २० युनिट खपत गरेमा ९० रुपैयाँ तिर्नुपर्नेछ । २१–३० युनिट खपत गरेमा ५० रुपैयाँ सेवा शुल्क र प्रतियुनिट ७ रुपैयाँ महसुल तिर्नुपर्नेछ । यो प्रावधान सस्तो देखिए पनि यति थोरै विद्युत खपत गरेर जीवन धान्न सम्भव नै छैन । यसैगरी, १५ एम्पिएरको मिटर राख्ने ग्राहकलाई ५० रुपैयाँ सेवा शुल्क र २० युनिटसम्म चार रुपैयाँ प्रतियुनिट महसुल लाग्नेछ । यस्ता ग्राहकले मासिक तीन सय ६५ रुपैयाँ तिर्दै आएका छन् । उनीहरूले मासिक ५० युनिट छुट पाउँदै आएका थिए । यस्ता ग्राहकले २० युनिट खपत गरेमा मासिक एक सय ३० रुपैयाँ तिर्नुपर्नेछ ।

३० एम्पिएरको मिटर राख्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ तिर्नुपर्नेछ । यस्ता ग्राहकले २० युनिट मात्रै खपत गरेमा प्रतियुनिट ५ रुपैयाँ र सेवा शुल्क गरी मासिक एक सय ७५ रुपैयाँ तिर्नुपर्नेछ । ६० एम्पिएरको मिटर राख्ने ग्राहकले एक सय २५ रुपैयाँ सेवा शुल्क र २० युनिटसम्म प्रतियुनिट ६ रुपैयाँ तिर्नुपर्नेछ ।

Nepal Electricity authority

विशेष