ताजा खबर विदेश News

आइसीसीले निलम्बित क्यानको बारेमा सरकारसंग वार्ता गर्न टोली पठाउने

आइसीसीले निलम्बित क्यानको बारेमा सरकारसंग वार्ता गर्न टोली पठाउने

ICC असार १७ । अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसिसीले नेपाल क्रिक्रेट संघ क्यान र अमेरिकी क्रिक्रेट संघ युएसएसिएलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यान र युएसएसिएलाई निलम्बन गर्ने निर्णयको अनुमोदन गरेको हो । आइसिसीले नेपालमा आफ्नो प्रतिनिधि टोली पठाउने भएको छ ।

उक्त टोलीले सरकार र निलम्बित क्यानसँग छलफल गर्ने छ । आइसिसीले निलम्बन अनुमोदन गरेसँगै क्यानको निलम्बन लम्बिने भएको छ । त्यस्तै आइसिसीले साउदी अरेवियालाई ३९ औं एसोसिएट सदस्यको रुपमा चयन गरेको छ। साउदी अरेवियाले सन् २००३ मा नै आइसिसीको सदस्यता लिएको थियो ।

Can Nepal Cricket Council ICC

विशेष