नेपालका अधिकांश स्थानमा भारी वर्षा, जनजिवन प्रभावित
असार १७ । देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने जनजीवन प्रभावित भएको छ । ठूला नदीमा पानीको बहाव उच्च छ । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढ्न थालेको छ । महाकाली नदीमा आज १ लाख ८५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ । यसैबीच सप्तकोसी नदीमा पानीको बहाव बढेर १ लाख ३० हजार क्यूसेक पुगेको छ । नदीमा अहिले ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएका छन् ।
Rain In nepal