खेल ताजा खबर News

तनाबमा मेसी, मेसीको विकल्प खोज्न म्याराडोनाको आग्रह

तनाबमा मेसी, मेसीको विकल्प खोज्न म्याराडोनाको आग्रह

Copa America Centenario Argentina Chile Soccer अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले आफ्नो बोली परिवर्तन गरेका छन । उनले राष्ट्रिय टोलीबाट भर्खरै सन्यास लिएका कप्तान लियोनल मेसीलाई निर्णय फिर्ता लिन दबाब नदिन सबैसँग अग्रह गरेका छन् । तर उस अघी उनले नै मेसीलाई टोलीमा फर्कन आग्रह गरेका थिए । उनले सन्यासको निर्णय जारी राख्ने वा त्यसमा पुनर्विचार गर्नेबारे सोच्न मेसीलाई केही समय स्वतन्त्रता छाडिदिन पनि आग्रह गरेका छन् । हामीले अहिले मेसीलाई बिदा मनाउन दिनुपर्छ, म्याराडोनाले भनेका छन ।

यतिबेला हामीले एउटै धारणा तय गनुपर्छ, यदि मेसी राष्ट्रिय टोलीबाट खेल्न चाहँदैनन् भने उनको विकल्प खोज्न सक्नुपर्छ । गत सोमबार कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु भएको एक सयौं वर्ष पुगेको अवसरमा आयोजित विशेष संस्करणको फाइनलमा अर्जेन्टिनी टोली चिलीसंग टाइब्रेकरमा पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय सार्वजनिक गरेका थिए ।

फाइनल खेलको टाइब्रेकरमा मेसी गोल गर्न चुकेका थिए । खेल सक्किएलगत्तै मेसीले सार्वजनिक गरेको सन्यासको निर्णयले सबैलाई आश्चर्यमा पारेको थियो । आफ्नै कप्तानीमा अर्जेन्टिनालाई तीन ठूला प्रतियोगिताको फाइनलमा पुर्याएर पनि उपाधि जित्न नसकेपछि मेसीको पक्ष र विपक्षमा विभिन्न टिप्पणी हुँदै आएको छ । विभिन्न टिप्पणीले मेसीलाई तनाब दिएको बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

Messi

विशेष