प्रहरी नायव निरीक्षककाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली

असार - १७ । प्रहरी नायव निरीक्षककाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भेटिएकाेले सजायकाे माग गरी विशेष अदालतमा अाराेपपत्र दायर गरिएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्यरत प्रहरी नायव निरीक्षक बसन्त कुमार मण्डलकाे अार्इएससीकाे तहकाे शैक्षिक याेग्यताकाे प्रमाणपत्र नक्कली भेटिएकाे हाे । मण्डलले बिहार इन्टरमिडियट शिक्षा परिषद अन्तरगतको निर्मली कलेज, सहर्साबाट सन् १९८७ मा अार्इएससी तह उत्तिर्ण गरेका थिए । नियुक्ति एवं वढुवा प्रयोजनको लागि पेश उक्त प्रमाणपत्र नक्कली पाइएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिम सजायकाे माग गरी विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ ।
nakkali police
nepali police
