News समाज

पूर्वमन्त्री डा. मानन्धरको निधन

पूर्वमन्त्री डा. मानन्धरको निधन

असार - १७ । पूर्वमन्त्री डा. मंगलसिद्धि मानन्धरको ७५ वर्षका उमेरमा निधन भएको छ। उनकाे नर्भिक अस्तपतालमा उपचारकाे लागि भर्ना गिरएकाे थियाे ।

एकसातादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका मानन्धरको शुक्रबार बिहान पौने ११ बजे हृदयाघातबाटछ निधन भएकाे हाे । उनी एकसाताअघिमात्र भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गरेर फर्केका थिए। त्यसलगत्तै उनी नर्भिक अस्पताल भर्ना भएको संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। मानन्धर संघीय समाजवादी फोरमको केन्द्रीय सल्लाहकार समितिको संयोजक उनी ६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा मानन्धर शिक्षामन्त्री बनेका थिए। मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाको ओक्लहोमा विश्वविद्यालयबाट भूगोलमै विद्यावारिधि गरेका छन्। मानन्धर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस भूगोल विभाग प्रमुख पनि भएका थिए। २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकारमा उनी योजना आयोगको उपाध्यक्ष भएका थिए।

mangalshidhi manandhar Nepali Politics

विशेष