News

राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न 'तेल दिदा नखाने कोल चाट्ने ?'

राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न 'तेल दिदा नखाने कोल चाट्ने ?'
chitra-bahadur-kc-1 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र कमल थापाको राजिनामा मागिरहेको छ । सरकार गिराउन असफल भएको कांग्रेसले केसी र थापाले संविधान विरोधी गतिविधि गरेको भन्दै राजिनामा माग गर्न थालेको हो । केसीले संघीयताको विरोध गरेको तथा थापाले धर्म्निरपेक्षता र गणतन्त्रको विरोध गरेकोमा कांग्रेसले आपत्ति जनाएको हो । रमाइलो त के भने केसीको राजिनामा माग गर्ने सांसदहरुले उनलाई पहिले नै तपाईको विरोध गर्न पर्नेछ भनेर जानकारी दिने गरेका छन । विरोध गर्न परेकोमा दुख मनाउ गरेका एक सांसदलाई केसीले सम्झाए, ’तपाईको उमेरभन्दा मेरो राजनीति जेठो छ । कांग्रेसको राजनीति म बुझ्छु । अन्यथा लिएको छैन ।’ [embed]https://youtu.be/n8GF-iXrD9k[/embed] राष्ट्रपति र छानेका मन्त्रालय पाउंने अवसर गुमाएपछि कांग्रेस रन्थनिएको केसीको बुझाइ छ । उनी भन्छन’कांग्रेस सहमतिबाट पछि नहटेर सरकारमा भएको भए म उपप्रधानमन्त्री हुने मौका नै पाउंने थिइन, राजिनामा माग्न पर्दैनथ्यो ।’ पहिले तेल दिदा नखाएको कांग्रेस अहिले कोल चाट्न तम्सिएको केसीको टिप्पणी छ । कांग्रेसले माग्दैमा राजिनामा नदिने उनले स्पष्ट गरेका छन् ’संघीयताको विरोध गर्न नि छाडिन्न, राष्ट्रियता संकटमा परेका बेला सिंहदरबारपनि छाडिन्न ।’ जनमोर्चाको हालै बुटवलमा आयोजित भेलाले सरकारबाट फिर्ता नहुने निर्णय गरिसकेको छ । उनी भन्छन ’पार्टीले जे भन्यो त्यही गर्ने हो । नछोड भनेपछि छोड्ने कुरा भएन । र योपनि, ► उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन (भिडियो सहित)  

Chitra Bahadur KC chitra bahadur teel dina nakhane

विशेष