News

विद्यालयकाे पर्खाल भत्किँदा दुर्इ विद्यार्थीकाे मृत्यु, २० घाइते

विद्यालयकाे पर्खाल भत्किँदा दुर्इ विद्यार्थीकाे मृत्यु, २० घाइते
Pushapanjali-School असार - १७ । गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किएर च्याप्दा दुर्इ विद्यार्थी कृपा रार्इ र अन्जना पुन मगर को मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । घाइते मध्ये केहीकाे अवस्था गम्भीर रहेकाे छ । विद्यालयको पछाडी लगाइएको पर्खाल भत्केर कक्षाकोठामा ठोक्किदा स्कुल भवन भत्किएको थियो। पर्खाल भत्किँदा कक्षा ३ र कक्षा र ८ मा अध्ययनरत विद्यार्थी च्यापिएका थिए। विद्यालयको भित्ता कमजोर भएकाले प्लटिङ गरिएको ढुंगाको पर्खाल थेग्न नसकेकाले बढी क्षति भएको बताइएको छ । घाइते विद्यार्थीको वि एण्ड वि र मोडल अस्पतालमा उपचार भइरहेको छ। एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ ।      

lalitpur puspanjali school

विशेष