ताजा खबर News समाज

मोरङमा रमाइलो मेला सञ्चालनमा रोक

मोरङमा रमाइलो मेला सञ्चालनमा रोक
  असार - १७। मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ । मेलाका कारण विकृति र विसङ्गति बढेको ठहर गर्दै रमाइलो मेला सञ्चालनमा प्रहरीसँग समन्वय गरेर पूर्णरुपमा रोक लगाएको हो । fun parkप्रशासनले तत्कालका लागि कुनै पनि स्थानमा रमाइलो मेला सञ्चालनको अनुमति दिने कामसमेत बन्द गरेको छ । मेलामा खेलाइने जुवाजन्य खेलले पैसाको हारमार हुने, झैझगडा हुनेलगायतका विकृति निम्त्याउने तथा यसले प्रहरी र प्रशासनलाई समेत विवादमा तान्ने गरेका कारण पछिल्लो समय कडा गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताए । मेलामा कानुनद्वारा वर्जित गरिएका घिर्नी राखेर खेलाइने खेल, लक्की सेभेन, लङ्गुरबुर्जासमेतका जुवा जन्य खेलहरु खेलाइने गरेको पाइएपछि मेलालाई नै बन्देज लगाइएको उनकाे भनाइ छ । मेला सञ्चालन गरेर रमाइलो गर्ने नाममा जुवाजन्य खेलहरु खेलाइँदा र खेल्दा धेरै पैसाको हारमार हुने गरेको पाइएपछि कडाइ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए । उनले मेला भनेर अनुमति लिएर जुवा खेलाउने गरेको पाइएका कारण मेलामा स्वच्छता ल्याउन पनि कडाइ गर्नुपर्ने अवस्था आएको बताए । रासस

Morang

विशेष