ताजा खबर News

संघीयता निर्देशक समितिको बैठकःमन्त्रालयको संख्या घटाउनेबारे छलफल

संघीयता निर्देशक समितिको बैठकःमन्त्रालयको संख्या घटाउनेबारे छलफल
;ª3Lotf sfof{Gjog a}7s k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL sfof{no l;+xb/af/df ;ª3Lotf sfof{Gjogsf nflu z'qmaf/ a;]sf] a}7sdf cWoIftf ug'{x'Fb}  . tl:a/ M k|bLk/fh jGt, /f;; असार - १७ । मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौतीका विषयमा छलफल प्रारम्भ भएको छ । सिंहदरबारमा आइतबार बसेको संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिको पहिलो बैठकमा यस विषयमा छलफल भएको हो । सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । संविधानमा नै मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था रहेका कारण मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी कटौतीका विषयमा छलफल भएको हो । मन्त्रालयको संख्या कति कायम गर्ने भन्ने विषयमा अर्को बैठकमा मस्यौदासहित छलफल हुने उपप्रधान एवं रक्षा मन्त्री भीम रावलले जानकारी दिए । त्यस्तै सामान्य प्रशासनमन्त्री रेखा शर्माले संघिय संरचनाका विषयमा निरन्तर छलफल गर्दे अघि बढिने बताइन । मन्त्रिपरिषद्ले संघीयता कार्यान्वयनका लागि भन्दै चैतको अन्तिम साता प्रधानमन्त्रीको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति तथा मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन गरेको थियो । प्रधानमन्त्री अध्यक्ष रहेको ११ सदस्यीय समितिको बैठकले अर्को बैठकमा प्रशासन पुनर्संरचना सम्बन्धी ठोस खाका पेश गर्न मुख्यसचिव अध्यक्ष रहेको समितिलाई निर्देशन दिएको छ ।

Bhim Rawal KP Sharma Oli Rekha Sharma

विशेष