ताजा खबर मनोरञ्जन News समाज

पृथकतावादी सिके राउतलाई नायिका निशाले बुझाएको भावनात्मक पत्र यस्तो छ

पृथकतावादी सिके राउतलाई नायिका निशाले बुझाएको भावनात्मक पत्र यस्तो छ

असार - १७ । नायिका निशा अधिकारीसहितको एक समुहले पृथकतावादी गतिविधिमा लागेका डाक्टर चन्द्रकान्त राउतलाई भेटेर पत्र बुझाएको घटनाले चर्चा बटुलेको छ । चलचित्रकर्मी कर्म र सिंहदरबारमा रंग पोतेर चर्चामा आएका ईशान अधिकारीसहित निशा, सिके राउतलाई भेट्न तराई पुगेकी हुन् । मधेशमा भएको विभेदप्रति क्षमायाचना गरिएको सो पत्रमा मिलेर देशको विकास गर्नुपर्ने उल्लेख छ ।

 

निशा र ईशान दुबै केही न केही आउट अफ ट्रयाकको गतिविधि गरेर चर्चामा आइरहेन व्यक्ति हुन् । निशा कहिले केश मुण्डन गरेर त कहिले क्रिकेटर शरद भेष्वाकरप्रति सामाजिक संजालमा प्रेम पोखेर चर्चामा आइसकेकी छिन् । अमेरिकाबाट फर्केकी निशाको सिके राउतसंग उतापनि उठबस थियो कि भन्ने चर्चा हुन थालेको छ । इशान सेन्ट जेर्भियसबाट निष्कासित विद्यार्थी हुन् । कमल थापाको राप्रपा नेपालमा केही समय सक्रिय रहेका उनी पछिल्लो समय सबै क्षेत्रको पोशाक मिसाएर लगाउने गर्दछन् । सिंहदरबारमा रंग छयापेका उनले निर्जल ब्रतको घोषणा गरेका थिए । तर, सो ब्रत अहिले तोडिसकिएको बताइन्छ ।  

CK Raut Ishan Adhikari Nisha Adhikari

विशेष