ताजा खबर News समाज

बांडेगाउँ घटनामा मारिएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र दोषिलाई सजाय हुन्छः प्रजिअ

बांडेगाउँ घटनामा मारिएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र दोषिलाई सजाय हुन्छः प्रजिअ
  असार – १७ । काठमाडौँ, ललितपुरको गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक बिद्यालयको पर्खाल भत्कीएर मृत्यु हुने बिद्यार्थीका परीवारले उचित क्षतीपुर्ती पाउने र घाइते हरुको उपचारगरीने ललितपुर जिल्ला प्रमुख अधिकारी ऋषिराम शर्माले बताएका छन । उनले घटनाको उचित छानबिन गरी दोषीलाई कावार्ही गर्ने समेत बताएका छन । School-accident-Lalitpur-2 शुक्रबार बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि । उक्त घटना घटेको थियो । घटनामा परी वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । घटनामा अधिकांश कक्षा २ र कक्षा ८ मा पढ्ने विद्यार्थीहरु घाइते भएका थिए । जग्गा प्लानिङ गर्ने कर्म लामाले ठूलो वाल लगाएपछि उक्त घटना घटेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी शर्माको भनाई रहेकोछ ।थप अनुसन्धानका लागी कर्म लामाको खोजी भैरहेको बताइएको छ । वाल भत्केर स्कुलको भित्तामा लागेपछि भित्ता भत्कियर बिद्यालयका २१ जना जति विद्यार्थी घाइते भएका थिए । घाइते विद्यार्थीहरुको पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको समेत बताइएको छ । School-accident-Lalitpur-1

puspanjali school

विशेष